गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले भने- जनताको जीवनप्रति सरकार संवेदनहीन देखियो – Nepal Press

गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले भने- जनताको जीवनप्रति सरकार संवेदनहीन देखियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १४औं गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

उनले शनिबार एक विज्ञप्तिमार्फत् जनआन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रले मुलुकलाई लाकेतानन्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सधैं प्रेरणा दिने बताएका छन् ।

सभापति देउवाले अहिलेको सरकार देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपरेको आरोप लगाए ।

‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रकोे सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ,’ उनले लेखेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राखन र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा आग्रह गर्छु ।’

कोभिड– १९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेलामा जनताको जीवनप्रति सरकार उदासिन र संवेदनहीन देखिएको उनको आरोप छ ।

यस्तो स्थितिमा संक्रमणबाट जोगिन र र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना सबै जनतालाई देउवाको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर