भेरी अस्पतालको घटनामा दोषीमाथि कारवाही हुन्छः शंकर पोखरेल – Nepal Press

भेरी अस्पतालको घटनामा दोषीमाथि कारवाही हुन्छः शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनामा दोषीमाथि कारवाही हुने बताएका छन । घटनाको निस्पक्ष छानविन गरिने उनको प्रतिवद्धता छ ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता जनाएका हुन । उनले लेखेको स्टाटस यस्तो छः
बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गंभीर ध्यानाकर्षण भएको छ । निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुनेछ ।

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यू भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारवाही हुनुपर्ने चौतर्फी माग भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर