डाँफे फाउन्डेसनद्वारा रामेछापलाई ५ थान अक्सिजन कन्सन्टेटर्स सहयोग – Nepal Press

डाँफे फाउन्डेसनद्वारा रामेछापलाई ५ थान अक्सिजन कन्सन्टेटर्स सहयोग

रामेछाप । अमेरिकास्थित नेपाली संस्था डाँफे फाउन्डेसनले एनसीसीडीएफको सहकार्यमा रामेछापको स्वास्थ संस्थालाई ५ थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको छ ।

कोभिड–१९ का कारण विश्वमा महामारी फैलिएसगैँ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अवस्थामा फाउण्डेसनका डा. दिपेन कडरीयाले उक्त सामाग्री सहयोग गरेका हुन् ।

अमेरिकामा रहेका पंकज खड़काको विशेष पहलमा उक्त सहयोग प्राप्त भएको र एनसीसीडीएफमार्फत सामाग्री बुझी रामेछाप पठाइएको पराग खड़काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *