पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्द बढी सवारी नियन्त्रणमा – Nepal Press

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्द बढी सवारी नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ सय २३ सवारी साधनमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहलाई आवश्यक सोधपुछ पश्चात छोडिने प्रहरीले जनाएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय १५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै २ हजार ६ सय १३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ३ सय ९७ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई तिब्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर