यौन हिंसा गरेको आरोपमा गुम्बाका संरक्षक पक्राउ – Nepal Press

यौन हिंसा गरेको आरोपमा गुम्बाका संरक्षक पक्राउ

कैलाली । यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीमा गुम्बा संरक्षकलाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका बनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेकाे हाे ।

गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए । त्यहाँ ६ जना बालिका आश्रित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर