डीएसपीद्वारा औषधी पसलेमाथि कुटपिटको घटनामा प्रहरीको छानविन समिति – Nepal Press

डीएसपीद्वारा औषधी पसलेमाथि कुटपिटको घटनामा प्रहरीको छानविन समिति

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा रहेको एक औषधी पसलमै घुसेर मेकिडल कर्मचारीमाथि प्रहरी अधिकारीले नै कुटपिट गरेको घटनाको छानविन हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी प्रहलाद केसीले मेडिकल कर्मचारीलाई कुटेको भिडियो फेसबुकमा भाइरल भएपछि सो घटनाको छानविनका लागि प्रदेश नम्बर-२ प्रहरीले छानविन समिति गठन गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले विज्ञप्ति जारी गरेर उक्त घटनाको छानविन गर्न आफ्नो संयोजत्वमा तीन सदस्य छानविन समिति बनेको जनाएका छन् ।

‘अनुसन्धान कार्य प्रारम्भ गरिएको र अनुसन्धानको क्रममा यदि कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा कार्यान्वयण गराउने क्रममा घटना हुन गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर