काठमाडौंको राजनीतिक उथलपुथलबारे भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो – Nepal Press

काठमाडौंको राजनीतिक उथलपुथलबारे भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको र ती आन्तरिक मामिला भएको बताए ।

प्रवक्ता अरिन्दम बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर