वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत ब्याज दिने गरी राष्ट्र बैंकको बचतपत्र निष्कासन – Nepal Press

वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत ब्याज दिने गरी राष्ट्र बैंकको बचतपत्र निष्कासन

काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याव दर १० प्रतिशत रहेको छ । यो व्याजदर राष्ट्र बैंकले दिइरहेको अन्य बचतपत्रको भन्दा धेरै ब्याज हो । साथै अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याजभन्दा पनि बढी नै हो ।

यो बचतपत्रको अर्को राम्रो पक्ष भनेको ब्याज आम्दानी वापतको सरकारलाई कर तिर्नु ५ प्रतिशत कर तिर्नु पर्दैन । यो बचत पत्र नेपाल बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवसीय नेपालका परिवारले खरिद गर्न सक्ने छन् ।

रोजगारीमा गएका आफन्त, बुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यो बचतपत्र खरिद गर्नेले कम्तीमा १० हजार रुपैयाँ बराबरको किन्नु पर्नेछ ।

र, यसको ब्याज राष्ट्र बैंकले प्रत्येक ६÷६ महिनामा भुक्तानी हुने छ । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने छ ।

बचतपत्र विक्री खुला जेठ १३ गते हुनेछ भने बन्द असार ३ गते हुनेछ । साथै ६ महिनामा प्राप्त हुने ब्याज बचत खरिदकर्ता आफै वा इच्छाएको व्याक्तिले लिन सक्ने छ ।

सम्पूर्ण जानकारीका लागि तल दिएको ‘लिन्क’ मा हेर्न सकिने छ ।

FEB-2083-Web


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर