सिटिजन्स बैंकसँग सिर्जना फाइनान्स गाभिन तयार – Nepal Press

सिटिजन्स बैंकसँग सिर्जना फाइनान्स गाभिन तयार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडसँग नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्स गाभिन तयार भएको छ ।

मंगलबार बैंकको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले प्राप्ति सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दबै वित्तीय संस्थाको विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकलाई स्वीकृति पत्र पठाएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछी एकिकृत कारोबार सुरु हुने बताइएको छ ।

दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि कुल निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ र कर्जा लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ पुग्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *