दाङमा युवायुवती एकैठाउँमा झुण्डिएको अवस्थामा फेला – Nepal Press

दाङमा युवायुवती एकैठाउँमा झुण्डिएको अवस्थामा फेला

दाङ । यहाँ एक युवायुवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

घोराही उपमहानगरपालिका-७ का ३० वर्षीय सौडी रेखबहादुर घर्ती मगर र अन्दाजी २५ वर्षीया युवती एउटै रुखमा पासो लगाएर एकैसाथ झुण्डिएको अवस्थामा आज बिहान भेटिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालले बताए ।

रिजालका अनुसार युवतीको पहिचान खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *