क्यानडाले नेपाललाई १ मिलियन डलर बराबरको सहायता दिने – Nepal Press

क्यानडाले नेपाललाई १ मिलियन डलर बराबरको सहायता दिने

काठमाडौं । क्यानडाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई १ मिलियन क्यानडियन डलर (९ करोड ६५ लाख नेरु) बराबरको स्वास्थ्य सहायता र सामग्री प्रदान गर्ने भएको छ ।

क्यानडेली विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै भाइरसको दोस्रो लहरसँग जुध्न नेपाललाई सो रकम बराबरको मानवीय सहायता प्रदान गर्ने जनाएको छ ।

उसले प्रदान गर्ने सहायतामा आवश्यक स्वास्थ्य सेवा, एम्बलुेन्स सेवा र रक्तदान सम्बन्धी उपकरण समावेश छन् । साथै समुदायमा हाइजिन स्टेसन र स्वास्थ्य सुविधा पनि राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर