नेपाल राष्ट्र बैंकले निष्कासन गर्‍याे २ अर्ब रुपैयाँको ‘नागरिक बचत पत्र २०८३’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ऋण तथा व्यवस्थापन विभागले सरकारको तर्फबाट ‘नागरिक बचत २०८३’ निष्कासन गरेको छ । २०८३ असार ६ गते उक्त बचत पत्र परिवक्व हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस बचतमा पत्रमा नेपाली नागरिकले मात्रै लगानी गर्न पाउने छन् । नागरिक बचत पत्रमा न्युनतम १० हजार र अधिकतम २ लाखसम्म लगानी गर्न सकिनेछ । नागरिक बचत पत्रमा बापत लगानीकर्ताले करसहित ९ प्रतिशत ब्याज आम्दानी प्राप्त गर्नेछन् ।

यस्तो ब्याज आम्दानी ६र६ महिनामा भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्रको आवेदनको जिम्मा पाएका बैंक तथा वित्तीय संस्था , राष्ट्र बैंकको प्रदेशिक कार्यालयले ब्याज आम्दानी भुक्तानी गर्ने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंगलबारबाट बिक्री खुल्ला हुने यस बचतपत्रमा असार १ गते आवेदन बुझाउने अन्तिम मिति तोकिएको छ भने असार ६ बाँडफाँडको मिति तय गरिएको छ ।

नागरिक बचतपत्रमा आवनेदन दिने चाहाने आवेदनकर्ताले केन्द्रीय बैंकले तोकेका बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा आवेदन बुझाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेका सम्वन्धित संस्थाहरु र नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत फारम डाउनलोड गरी सम्वन्धित संस्थामा बुझाउन सकिने जनाइएको छ । आवेदन दिन मिल्ले मिल्ने बैंक तथा वित्तीय संस्थाको सूची नेपाल राष्ट्र बैंकको वेवसाइडमा प्रकाशित गरिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *