बाँकेमा २४ घण्टामा कोरोनाबाट मृत्युदर शून्य – Nepal Press

बाँकेमा २४ घण्टामा कोरोनाबाट मृत्युदर शून्य

रूपन्देही । कोरोना संक्रमणका कारण दैनिक मृत्युदर बढेको बाँकेमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्यमा झरेको छ ।

तर जिल्ला बाहिरबाट उपचार गर्न आएका संक्रमितमध्ये ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

आइतबार बाँकेमा संक्रमित थपिने संख्या पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या केही दिनदेखि घट्न थालेको हो ।

२४ घण्टाकै अवधिमा बाँकेका ३ वटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३९० मध्ये बाँकेका ११४ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।

आइतबार बाँकेमा ४५२ जना कोरोनामुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर