पहिलेको र अहिलेको पद तथा गोपनीयताको शपतको ढाँचामा के फरक ? – Nepal Press

पहिलेको र अहिलेको पद तथा गोपनीयताको शपतको ढाँचामा के फरक ?

काठमाडौं । सरकारले अहिलेसम्म सपथग्रहण सम्बन्धी कानुन नबनाए पनि सपतग्रहण लिखित रुपमा नै शपत भने हुदैँ आएको थियो । तर भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शपत लिदैँ गर्दा ‘प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा नभनेपछि सरकारले अध्यादेशमार्फत सपथको ढाँचा कानुनी रुपमा निर्माण गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिसमा राष्ट्रपतिले बुधबार जारी गरेको सपतको ढाँचा बिहिबार राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो । हालसम्म बिना कानुनसपथग्रहण भने हुदैँ आएको थियो । बिना कानुन लिइदै आएको सपत र अध्यायदेशमार्फत आएको सपतको ढाँचामा के फरक छ ?

पुरानो ढाँचा

म ….मुलुक र जनताताप्रति पुर्ण बफादार रही सत्य निष्ठा पुर्वक प्रतिज्ञा गर्छु इश्वर÷देश र जनाताको नाममा शफत लिन्छु कि नेपालको राजकिय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पुर्ण बफादार रहदैँ प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराव भावना नलिई इमान्दारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफुलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहदाँ वा नरहदाँ जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्नेछैन ।

नयाँ ढाँचा

म ….नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक ईश्वरको÷देश र जनताको नाममा शपथ लिन्छु कि …….पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु । र आफ्नो कर्तव्यको पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहदाँ वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्नेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *