कारोनाको उपचारका लागि अत्यावश्यक सामाग्रीको आयात शीघ्र गराउन नयाँ भन्सार कार्यविधि – Nepal Press

कारोनाको उपचारका लागि अत्यावश्यक सामाग्रीको आयात शीघ्र गराउन नयाँ भन्सार कार्यविधि

२१ प्रकारका सामान ल्याउन सहज

काठमाडौं । भन्सार विभागले कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि ल्याएको छ ।

भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले “कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाचँ पास कार्यविधि, २०७८” ल्याएको हो ।

कारोना महामारी नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा ल्याउने औषधि लगायतका बस्तु आयातमा सहज गराउन सरकारले नयाँ कार्यविधि ल्याएको हो ।

सरकारले कारोनाको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमखु प्राथमिकतामा राखी उचारमा प्रयोग हुने अवाश्यक विभिन्न माल बस्तुको पैठारीमा महसलु छुट दिने निणर्य समेत गरिसकेको छ ।

कोरोनाको उपचारमा प्रयोग हुने बस्तुको आयात सहज बनाउन भन्सार विभागले नयाँ कार्यविधि बनाई लागू गरेको हो ।
भन्सारको नयाँ कार्यविधि अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन, लिक्विाड अक्सिजन र अक्सिजन ट्रङ लगायत २१ बस्तु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *