कांग्रेस पदाधिकारी बैठक बस्दै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ जेठ ७ गते ७:४१
![](https://www.nepalpress.com/wp-content/uploads/2021/02/congress-padhadikari-baithak.jpg)
फाइल तस्बिर ।
काठमाडौं । प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान गरेपछि मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति शेरबहादुर देउवाले कांग्रेसको आकस्मिक बैठक बोलाएका हुन् ।
सभापति देउवा निवास बुढानिलकण्ठमा विहान ९ बजेपछि बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ ।
बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर