नेष्डो समृद्ध लघुवित्तको सेयर बिक्रीका लागि प्रबन्धक तोकियो – Nepal Press

नेष्डो समृद्ध लघुवित्तको सेयर बिक्रीका लागि प्रबन्धक तोकियो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ ।

सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यस संस्था नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ता सम्वन्धि कारोवार गर्दै आईरहेको नेष्डो नेपाललाई केन्द्रीय बैंकले २९ फाल्गुन २०७५ मालघुवित्त वित्तीय संस्था सम्वन्धी कारोबार गर्नका लागि इजाजत दिएको थियो ।

संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई संस्था र ८१ जना संस्थापक शेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता कायम गरिएको छ ।

यस संस्थाले नेपालमा ५६ वटा शाखा कार्यालयहरु मार्फत७८ हजार बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर