एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यादवको कोरोना संक्रमणबाट निधन – Nepal Press

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यादवको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा आज विहान निधन भएको एमालेले जनाएको छ ।

२०५६ सालको आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका निर्वाचित भएका यादव एमालेको केन्द्रीय सदस्य थिए ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का बासिन्दा यादवले केही दिनअघि मात्र मुटुको शल्यक्रिया गराएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

एमालेभित्र मधेशका एक निडर र हक्की स्वभावका नेता गुमाउनुपरेको नेता शंकर पोखरेलले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर