पूर्वप्रहरी महानिरीक्षक बरालको निधन – Nepal Press

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । पूर्वप्रहरी महानिरीक्षक बरालको बुधबार बिहान महारानजञ्जस्थितघरमै निधन भएको हो ।

नेपाली कांग्रेसको मुक्ति सेना नेपाल प्रहरीमा समायोजन हुने क्रममा उनी २००७ सालमा निरीक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् ।उनकै कार्यकालमा महाराजगन्जमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापन भएको हो ।

२०२९ देखि ०३५ सम्म महानिरीक्षकको जिम्मेवारी सम्हालेका उनी सेवा निवृत्तपछि राष्ट्रिय पन्चायत सदस्य र केही समय बर्माका लागि राजदूतको जिम्मेवारीमा रहे ।

प्युठानमा जन्म भएका मगर समुदायका बराल जीवनको उत्तरार्धमा पनि प्रहरी संगठनप्रति गहिरो चासो र चिन्ता राख्थे ।

‘उहाँको कृयाशीलता लोभलाग्दो थियो,’ पूर्वडिआइजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाल बराललाई सम्झदै भन्छन्, ‘उहाँलाई भेट्दा हामी अभिभावकझैँ ठान्थ्यौ ।’

उनी कोही पनि प्रहरीलाई तपाईं, हजुर भन्दैन थिए । अलिक पाको भए तिमी, भर्खरको ठिटा भए केटा भनी सम्बोधन गर्थे ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर