नयाँ शक्तिले तोक्यो कर्णाली र प्रदेश १ संयोजक – Nepal Press

नयाँ शक्तिले तोक्यो कर्णाली र प्रदेश १ संयोजक

काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यम द्वारा सम्पन्न केन्द्रिय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ ।

कर्णाली प्रदेश संयोजकमा बि.स. २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्णबहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।

प्रदेश समितिको सम्पुर्ण अधिकार बैकल्पिक ब्यबस्था नभएसम्म प्रदेश संयोजकलाई प्रत्यायोजन गरिएको छ । प्रदेश समिति निर्माण र जिल्ला संयोजक तोक्ने अधिकार समेत प्रदेश संयोजकलाई हुनेछ ।

केन्द्रिय संयोजक रवि किरण हमालले निष्ठापुर्वक नयाँ शक्ति पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा अगाडि बढाउने हौसला मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर