दाङका सीडीओ पौडेलले भने – रेम्डेसिभिरको बिक्रीमा कुनै अवरोध हुदैन – Nepal Press

दाङका सीडीओ पौडेलले भने – रेम्डेसिभिरको बिक्रीमा कुनै अवरोध हुदैन

घोराही । दाङमा रोकिएको रेम्डेसिभिर बिक्री खुला गरिएको छ । कोरोना उपचारमा प्रयोग गरिने रेम्डेसिभिर निजी क्षेत्रले बिक्री गर्न नपाउने भन्दै औषधि ब्यवस्था विभाग नेपालगञ्जले हिजो घोराहीमा बिक्रीमा रोक लगाएको थियो । यसको चौतर्फी बिरोध भएपछि जिल्ला प्रशासन कार्यालय दाङले आज मङ्गलबारदेखि बिक्री खुला गरिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलेले रेम्डेसिभिर बिक्रीमा कुनै अबरोध नरहने र यो बारेमा स्थानीय प्रशासनले केही गर्न नसक्ने कुरा औषधि ब्यबस्था बिभाग नेपालगञ्जलाई जानकारी गराएको पनि सुनाए । कोरोनाको उपचारमा जनताले रेम्डेसिभिर नपाइरहेको अबस्थामा सस्तोमा बिक्रि गर्नु रार्मो पक्ष भएको पनि नेपाल प्रेससंगको कुराकानीमा उनले बताए ।

रेम्डेसिभिर बिक्री सहज बनाउन आग्रह गर्न जिल्लाका तीन राजनीतिक दलका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी पौडेल समक्ष पुगेका थिए । दलका प्रतिनिधीसंगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पौडेलले औषधि ब्यवस्था विभागसँग परापर्श गरिसकेकाले सेवाग्राहीलाई सहज होस् भनेर औषधि बिक्री आजैदेखि खुला गर्ने जानकारी दिएको कांग्रेस दाङका सचिब शंकर डागिले जानकारी दिए ।

यस बिषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउन नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतम र तुलसीराम पुन ‘सुवास’, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी र राजमो दाङका अध्यक्ष गणेश आचार्य डेलिगेशन गएका थिए ।

दाङमा थोक औषधि ब्यवसायी संघको पहलमा सस्तो दरमा बिक्री भइरहेको घोराही अस्पताल रोडमा रहेको निजि क्लिनक कालिका मेडिकल हललाइ रेम्डिसिभिर बेच्न हिजो मात्रै रोक लगाइएको थियो । औषधि ब्यवस्था विभाग नेपालगञ्जले औषधि बिक्री भइरहेको मेडिकलमा छापा हानेर बिक्री गर्न रोक लगाइएको थियो ।

थोक औषधि ब्यवसायी संघ लुम्बिनीको समन्वयमा आएको यो औषधि कालिका मेडिकलबाट सरकारी दरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको थियो । प्रतिभाइल चार हजार नौ सय सरकारी मूल्य रहेकोमा निजी क्षेत्रबाट ४ हजार ८ सयमै बिक्री थालेपछि यसमा बिभिन्न क्षेत्रको चासो बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर