१० करोड इकाई बिक्री गर्दै प्रभु सेलेक्ट फण्ड – Nepal Press

१० करोड इकाई बिक्री गर्दै प्रभु सेलेक्ट फण्ड

काठमाडौं । प्रभु क्यापिटलले ल्याएको सामूहिक लगानी कोषअन्तर्गतको पहिलो योजना प्रभु सेलेक्ट फण्डको भोलिदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

उक्त योजना कोषको प्रवर्द्धक प्रभु बैंक लिमिटेड र योजना व्यवस्थापक प्रभु क्यापिटल छन् । यस कोषको प्रतिइकाई १० रूपैयाँ अंकित मूल्य कायम गरी १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागिएको छ । योजनाबाट संकलित रकम ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गरिने प्रभु क्यापिटलले जनाएको छ ।

कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कुल १ करोड ५० लाख छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा इच्छुक लगानीकर्ताले जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै इकाईका लागि आवेदन नपरेको जेष्ठ १५ गतेसम्मका लागि म्याद थप गरिने क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर