खिमलाललाई मत दिन माओवादी ह्वीप, बादल प्रतिगमनको मतियार बनेको आरोप – Nepal Press

खिमलाललाई मत दिन माओवादी ह्वीप, बादल प्रतिगमनको मतियार बनेको आरोप

काठमाडौं । वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका खिमललाई देवकोटालाई मतदान गर्ने भएको छ ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेका छन् ।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुखरअध्यक्ष र उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ ।

देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षको साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो । पार्टीको आन्तरिक विवाद समाधान गर्न संस्थापन पक्षसँग संवाद चलिरहेको बेला नेपाल पक्षले देवकोटालाई के गर्छ भन्ने टुंगिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर