कोरोना महामारीका समस्या समाधान गर्न महिला मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति – Nepal Press

कोरोना महामारीका समस्या समाधान गर्न महिला मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस क्षेत्रमा परेको र पर्ने असरको न्यूनिकरण र सम्बोधन गर्नका लागि क्षेत्रगत सम्पर्क व्यक्ति तोकेको छ । क्षेत्रगत कार्ययोजना अनुसार आफ्नो कार्य सम्पादन गरी नियमित रुपमा सचिवालयमा रिर्पोटिङ गर्नका लागि मन्त्रीस्तरीय निर्णयबाट सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयमा कार्यरत ४ जना सम्बन्धित शाखा हेर्ने उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव भुवनहरी अर्यालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कोभिड–१९ संक्रमणबाट सम्बन्धित क्षेत्रमा परेको प्रभाव र यसको नियन्त्रण, रोकथाम तथा सम्बोधनका लागि आवश्यक समन्वय र सहजिकरणको काम सम्पर्क व्यक्तिले गर्ने छन् ।

उनका अनुसार बाल सरक्षण तथा विकास शाखा प्रमुख शान्तिराज प्रसाईलाई बालबालिका, बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा प्रमुख गोमादेवी ढकालाई, अपांगता अधिकार प्रवद्र्धन शाखा प्रमुख जमुना मिश्रलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक संरक्षण शाखा प्रमुख भरतराज शर्मालाई जेष्ठ नागरिक क्षेत्रको सम्पर्क व्यक्ति तोकिएको हो ।

कोभिड–१९ बाट क्षेत्रगत रुपमा समस्यामा परेका व्यक्तिले सम्पर्क व्यक्तिसँग सिधै सम्पर्क गरेर आफ्नो समस्या राखेमा मन्त्रालयले समस्या समाधानका लागि सहजिकरण गर्ने प्रवक्ता अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *