अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस – Nepal Press

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस

काठमाडौ । आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ (अनेमसंघ)ले भने औपचारीक कार्यक्रम मदन भण्डारी स्मृति पार्कमै मनाएको छ ।

मदनआश्रित स्मृति दिवसको अवसरमा सामाजिक दुरी कायम राख्दै अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस भौतिक उपस्थितीमै मनाएको हो ।

भण्डारीको शालिकमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्य लगायत अनेमसंघका नेताहरुले सम्मान व्यक्त गरे । सो अवसरमा नेकपा एमालेको सांसद समेत रहेकी शाक्यले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्का पुगेको बताइन् ।

अनेमसंघले महामारीका कारण देशव्यापी भौतिक उपस्थितीमा कार्यक्रम गर्न नपाएपनि भर्चुअल कार्यक्रम गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *