जर्मनीद्वारा आजदेखि नेपाललाई यात्रा प्रतिबन्ध, दूतावासले रोक्यो भिजा सेवा – Nepal Press

जर्मनीद्वारा आजदेखि नेपाललाई यात्रा प्रतिबन्ध, दूतावासले रोक्यो भिजा सेवा

काठमाडौं । नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै जर्मनीले सोमबारदेखि लागु हुने गरि नेपालसँग यात्रा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

गएराति १२ बजेदेखि यात्रा प्रतिबन्ध लागु भएको काठमाडौंस्थित जर्मनी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने भएका छन् । यसअघि जर्मनीको भिजा प्राप्त गरेकाले पनि देश प्रवेशको अनुमति पाउने छैनन् ।

काठमाडौंको लकडाउन नखुलेसम्म भिजा सेवा पनि बन्द गरिएको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर