विस्फोटपछि एभरेष्ट अक्सिजन उद्योग बन्द – Nepal Press

विस्फोटपछि एभरेष्ट अक्सिजन उद्योग बन्द

काठमाडौं । चोभारस्थित एभरेष्ट अक्सिजन उद्योग बन्द भएको छ । ठूला-साना करिब ५०० सिलिन्डर भर्दै आएको सो उद्योगमा प्रेसर अक्सिजन पाईप विस्फोट भएका कारण उद्योग बन्द भएको सञ्चालक शिवप्रसाद घिमिरेले बताए ।

३ दिनअघि भएको विस्फोटमा परी कामदार तुफाल खातुनको मुत्यु भएको छ । घिमिरेले भने, ‘धेरैजनाको ज्यान बचाउन खोज्दा १ जनाको ज्यान गयो । वैशाख ३१ देखि उद्योग बन्द छ । उद्योग मर्मत गर्न भारतको उत्तराखण्डबाट प्राविधिक टोली आइरहेको छ । टोली आएपछि १/२ दिनमा मर्मत होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर