सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित – Nepal Press

सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर