एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ? – Nepal Press

एनआरएनले थाल्यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान, कुुन देशबाट कति स्वास्थ्य सामाग्री आउँदैछ  ?

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔ’ अभियान थालेको छ ।

उक्त अभियानअन्तर्गत नेपालको लागि अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि आर्थिक संकलन गरिने भएको छ ।

उसले विभिन्न मुलुकमा रहेका आफ्ना सदस्य संस्थाबाट नेपालमा अत्यावश्यक सामाग्री नेपाल पठाउने तयारी पनि गरेको छ । ओमानबाट ५५० थान अक्सिजन सिलिन्डर आज बेलुका काठमाडौं आइपुग्ने एनआरएनएले जनाएको छ ।

उक्त सिलिन्डर नेपाल ल्याउन लाग्ने ७५ लाख रुपैयाँ गैरआवसीय नेपालीहरुले जुटाउने र ढुवानीको खर्च सरकारले व्योहर्ने भएको छ ।

चीनबाट १७० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल आइपुग्ने भएको छ । यसका लागि १ करोड ३७ लाख खर्च हुने भएको छ । एनसीसी अष्ट्रेलियाले १ करोड र एनसीसी चीनले ७० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ ।

अफ्रिकामा रहेका गैरआवसीय नेपालीबाट १५ लाख बराबरको अक्सिजन सिलिन्डर अस्पतालहरुमा वितरण गरिएको छ । कतारबाट मात्र १७८ थान सिलिण्डरको मूल्य बराबरको रकम कुल १ लाख ४ हजार २ सय कतारी रियालभन्दा बढी उठेको छ।

अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोहि अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *