महन्थजीले बाटो बिराउनुभयो : उपेन्द्र यादव (भिडियो) – Nepal Press

महन्थजीले बाटो बिराउनुभयो : उपेन्द्र यादव (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले अनिश्चयको बाटो हिँडेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले जसपाभित्र दुई पक्षको बाटो फरक परेको नभई ठाकुर पक्षले बाटो बिराएको दावी गरे । ‘उहाँ र हामीबीच बाटो फरक परेको होइन । उहाँहरू अनिश्चयको बाटोमा हिँड्नुभएको हो । त्यो बाटोबाट मुलुकलाई कहाँ पुर्‍याउने हो उहाँहरूलाई नै थाहा छैन’, यादवले भने ।

वैकल्पिक सरकार गठन हुँदा नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य जसरी पनि संसद भङ्ग गर्नु रहेको आरोप लगाए । ‘उहाँको छाँटकाँट र बोलीवचन हेर्दा जसरी पनि संसद भङ्ग गरेर लोकतन्त्र र संविधानलाई क्षति पुर्‍याउनेतर्फ अग्रसर भएको देखिन्छ’, यादवले भने ।

उनले जनता कोरोनाको महामारीमा तड्पिएको बेला भएको संसद भंग गरेर चुनावमा जानु गलत हुने समेत बताए ।


प्रतिक्रिया

One thought on “महन्थजीले बाटो बिराउनुभयो : उपेन्द्र यादव (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर