तुलसीपुरका प्रत्येक वडामा अक्सिजन सिलिन्डर र अक्सिजन ‘कन्सनट्रेटर’ राखिने – Nepal Press

तुलसीपुरका प्रत्येक वडामा अक्सिजन सिलिन्डर र अक्सिजन ‘कन्सनट्रेटर’ राखिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रत्येक वडाका स्वास्थ्य कार्यालयमा ५ /५ वटा अक्सिजन सिलिन्डर र २/२ वटा अक्सिजन ‘कन्सनट्रेटर’ राखिने भएको छ।

बिहीबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले तुलसीपुर कोरोना आईसोलेसन हस्पिटलमा कम्तिमा १०० सिलिन्डर र २५ अक्सिजन कन्सनट्रेटर खरिद गर्ने निर्णय गरेको हो।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले पीसीआर कोरोना जाँच प्रयोगशाला स्थापना गर्ने, अक्सिजन प्लान्ट जडान गर्ने, आइसोलेसन अस्पताल संचालनका लागि तत्काल बिजौरी प्रादेशिक आयुर्वेद हस्पिटल, राप्ती औषधालय, राप्ती प्रादेशिक अस्पताल निजि र उपमहानगरका स्वास्थ्यकर्मीबाट ब्यबस्थापन गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले ५ करोडको ‘कोभिड बिपत प्रतिकार्य कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ। कोषमा जनप्रतिनिधिहरुे कम्तीमा एक महिनाको सुबिधा कोषमा जम्मा गर्ने छन् । त्यस्तै कोषमा संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोड सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि बैठकको छ।

बैठकले एम्बुलेन्स र ५ सब बहान ५ वटा राजस्व भुक्तानी गरेर लिने आदि निर्णय समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर