नेपालद्वारा शान्तिपूर्ण समाधान खोज्न इजरायल र प्यालेस्टाइनलाई आग्रह – Nepal Press

नेपालद्वारा शान्तिपूर्ण समाधान खोज्न इजरायल र प्यालेस्टाइनलाई आग्रह

काठमाडौं । नेपालले इजरायल र प्यालेस्टाइनबीचको जारी तनावलाई शान्तिपूर्णरुपबाट समाधान गर्न ती मुलुकहरुलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले दुई मुलुकबीच जारी तनावप्रति चासो व्यक्त गर्दै थप क्षति हुन नदिन दुबै पक्षलाई संयमता र लचकता अपनाउन आग्रह गरेको छ ।

बुधबार ट्वीटमार्फत मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो । तेलअभिभस्थित नेपाली नियोगले पनि इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित हुन अपिल गरेको छ ।

जेरुसेलमस्थित अक्सा मस्जिदमा आफूहरुलाई प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनहरु आक्रोशित छन् । सोमबारदेखि गाजा क्षेत्रमा दुबै पक्षले रकेट हानहान गरिरहेका छन् ।

दर्जनौंले ज्यान गुमाएका छन् भने राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय निकायले शान्ति स्थापना गर्न आग्रह गरेका छन् । तर, दुबै पक्षबीच तनाव मत्थर हुने संकेत देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर