अरुण तेस्रोको सुरुङमा एक मजदुरको मृत्यु – Nepal Press

अरुण तेस्रोको सुरुङमा एक मजदुरको मृत्यु

संखुवासभा । अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र ढुङगा खस्दा एक मजदुरको मृत्यु भएकाे छ । भने अर्का मजदुर घाइते भएकाछन ।
संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा मजदुरको मृत्यु भएको हो ।
ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका-१२ कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । भने अर्का मजदुर मिठु राना समेत घाईते भएका छन् ।
घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *