महामारी रोकथाममा नीजि क्षेत्रको तत्परता – Nepal Press

महामारी रोकथाममा नीजि क्षेत्रको तत्परता

काठमाडौं । कोभिड १९ महामारी नियन्त्रण गर्नका लागि नीजि क्षेत्रले तत्परता देखाउन थालेका छन् । उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ ।

हालै बसेको महासंघको पदाधिकारी र सम्वद्ध अधिकारीको बैठकले उक्त निर्णय गरिएको महासंघले जनाएको छ । सहायता केन्द्रको नेतृत्व महासंघका सदस्य उद्यमी व्यवसायीले नै गर्ने र सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका गर्ने बताएको छ ।

कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायतका क्षेत्रहरुको पहिचान गर्दै यसको समन्वयको जिम्मेवारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई दिएको छ । सहायता ६ क्षेत्र मध्ये अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई प्रदान गरिएको छ ।

अस्पताल तथा आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठले जिम्मेवारी पाएका छन् ।अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की डा। केयुर गौतमलाई जिम्मेवारी तोकिएको छ ।

एम्वुलेन्स तथा आइसोलेसन केन्द्रका व्यवस्थापनका लागि रन्जितराज आचार्य , औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमालले सहजीकरण गर्नेछन् भने, होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिएको महासंघले जनाएको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पत सम्पर्क सकिने महासंघले जनाएको छ।

समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको महासंघले जनाएको छ ।

महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य सुरक्षा सबैको कर्तव्य भएकाले सबै आफ्नो ठाउँ सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर