थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको उडानमा लगाए रोक – Nepal Press

थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको उडानमा लगाए रोक

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण भयावह फैलिएको निष्कर्ष निकाल्दै थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा गरेका छन् ।

थाइल्यान्डले आइतबारदेखि लागु हुने गरी नेपालसहित बंगलादेश र पाकिस्तानी नागरिकलाई अर्को सूचना जारी नभएसम्म रोक लगाएको जनाएको हो ।

थाइल्यान्डले नेपालसहितको मुलुकका दूतावासलाई भिसा जारी नगर्न समेत भनेको छ ।

कुवेतले पनि अर्को सूचना जारी नभएसम्म नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाली नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाउँदै हवाइ उडानमा रोक लगाएको छ ।

बेलायतले बुधबार मध्यरातदेखि नेपालसँगको उडानमा रोक लगाउँदैछ । यसअघि बंगलादेशले पनि नेपालसँगको उडान रोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर