जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने – Nepal Press

जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले सदनमा मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा एकमात्र सांसद दुर्गा पौडेलले संसद विघटनपछि असंवैधानिक र अलोकतान्त्रिक प्रक्रिया जारी रहेकोले जनमोर्चाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी गराइन् ।

‘प्रधानमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्‍यो त्यो नै लोकतान्त्रिक पद्धति जोगाउने उत्तम उपाय हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्‍यो । हाम्रो सुझाव त्यही हो’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर