नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह – Nepal Press

नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् ।

गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् ।

सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छिन् ।

पछिल्लो समय केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतलाई भाइरस संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर