उपनेता नेम्वाङ भन्छन्- एमालेका सांसद अनुपस्थित भए ह्वीप उल्लंघनमा कारवाही हुन्छ – Nepal Press

उपनेता नेम्वाङ भन्छन्- एमालेका सांसद अनुपस्थित भए ह्वीप उल्लंघनमा कारवाही हुन्छ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारवाहीको विषय बन्ने भएकाले सबै सांसदलाई संसद बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले अनुृपस्थित रहनु संसदीय दलको ह्वीप उल्लंघन हुने र त्यो कारवाहीयोग्य विषय बन्ने बताए । नेम्वाङले दलका मुख्य सचेतकले लिखित ह्वीप जारी गरिसकेको हुनाले सबै सांसदलाई अनिवार्य लागु हुने बताए ।

उनले भने, ‘मुख्य सचेतक विशाल भट्टराईमार्फत ह्वीप जारी भइसकेको छ । कुनै सांसद बैठकमा अनुपस्थित रहनु भएको ह्वीप उल्लंघन हो । मलाई विश्वास छ एमालेका कुनै पनि सांसद अनुपस्थित हुनु हुने छैन । उल्लंघन भयो भने कानुन बमोजिम कारवाही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर