सरकारले विकास र प्रविधिको प्रयोगमा महत्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री – Nepal Press

सरकारले विकास र प्रविधिको प्रयोगमा महत्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं । सरकारले विकास निर्माणका क्षेत्रहरु सडक , पूर्वाधार , विमानस्थल निर्माणका काममा तिब्रता दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले  मेलम्ची ल्याउन र भुकम्पपछि पुननिर्माणमा महत्वपूर्ण काम गरेको बताए  । भुकम्पपछि पुननिर्माणतर्फ रानीपोखरी, धरहरा, दरबार हाइस्कुल , सिंहदरबारको प्रवलीकरण, प्रधानमन्त्रीको कार्यालय लगायत नीजि आवास , विद्यालय र पुरातातत्विक सम्पदाको काम सकिएको बताएका छन् ।

त्यस्तै सरकारले नागरिक एप्स लगायतका प्रविधिक लगायतको व्यवस्था गरिएको , फोर जी विस्तार गरिएको , मोवाइल पहुँचमा बृद्धि गरिएको जस्ता महत्वपुर्ण काम गरेको उनले बताए । वर्षमा १० किलोमिटर पनि सडक निर्माण हुन नसक्ने अवस्था रहेकोमा अहिले दैनिक ६ किलोमिटर सडक निर्माण भइरहेको प्रधानमन्त्रीको दाबी छ ।

त्यस्तै व्यापार सन्तुलन र व्यापारघाटा घटाउनका लागि पनि सरकारले महत्वपुर्ण काम गरेको उनले बताए । प्रधानमन्त्रीले लाखौ युवालाई बैदेशिक रोजगारी जानबाट रोक्नका लागि सरकारले इन्सेन्टिभ दिएर देशमा राखिएको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *