प्रतिनिधिसभाको दोस्रो बैठक शुरू, प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत – Nepal Press

प्रतिनिधिसभाको दोस्रो बैठक शुरू, प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्।

संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर