पार्टी जोगाउन नेतृत्वलाई गण्डकीका एमाले जिल्ला अध्यक्षहरूको अनुरोध – Nepal Press

पार्टी जोगाउन नेतृत्वलाई गण्डकीका एमाले जिल्ला अध्यक्षहरूको अनुरोध

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू एकीकृत पार्टीको पक्षमा उभिएका छन् । अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याइरहेको भन्दै उनीहरूले एकतावद्ध एमालेमा पक्षमा रहन नेताहरूलाई आग्रह गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो,’ शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखा परिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याइरहेको हामीले महसुस गरिरहेका छौं ।’

आदर्श, मूल्यमान्यतामा रहेर पार्टी एकताका पक्षमा रहन आग्रह गर्दै उनीहरूले भनेका छन्, ‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ ।’

एमालेको एकता जोगाउन केन्द्रमा अन्तिम पहल भइरहेका बेला जिल्ला अध्यक्षहरुको विज्ञप्ति आएको छ। एमाले जीवनका लागि बैशाख २७ गते महत्वपूर्ण दिन मानिएको छ। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छ ।

एमाले एक रहने वा नरहने भन्ने त्यही दिन तय हुने एमालेकै नेताहरुले बताउने गरेका छन् । एमालेको माधव नेपाल पक्षले विश्वासको मत लिनुअघि नै सामूहिक राजनीनिमा दिएर प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने चर्चा चलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर