सुनको भाउमा सामान्य गिरावट

२०७८ वैशाख २२ गते ११:१६

काठमाडौं । केही दिनदेखि बढिरहेको सुनको मूल्य बुधबार प्रतितोला ३०० घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ ।
थोरै गिरावट आएको चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर