स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय – Nepal Press

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोनाभाइरस संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न आग्रह गरेको छ ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर