निषेधाज्ञामा पनि बैंकका शाखाहरू खुल्ने, डिजिटल कारोबारमा जोड – Nepal Press

निषेधाज्ञामा पनि बैंकका शाखाहरू खुल्ने, डिजिटल कारोबारमा जोड

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यका लगायत कोभिड प्रभावित स्थानमा निषेधाज्ञा जारी गरे पनि बैंकका शाखाहरु भने सञ्चालनमा आउने भएका छन् ।

सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले निषेधाज्ञामा पनि बैंकहरु सञ्चालनमा आउने नेपाल बैंकर्स संघले जनाएको छ ।

संघले कोभिड-१९ को प्रकोपबाट बच्न तथा जोखिमहरु न्यूनीकरण गर्नका लागि सुरक्षित कारोबार गर्न ग्राहकसँग अनुरोध गरेको छ । सम्भव भएसम्म डिजिटल माध्यमबाट कारोबार गर्न तथा नोटको प्रयोग कम गर्न बैंकर्स संघले भनेको छ ।

इन्टरनेट र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत पनि सेवा लिन सक्नेछन् । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नगई भिडभाड कम गर्नका समेत ग्राहकसँग संघले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर