फ्लोर क्रस गरेर मन्त्री बनेका तीनजनाको पुन: सपथ – Nepal Press
कर्णाली प्रदेश

फ्लोर क्रस गरेर मन्त्री बनेका तीनजनाको पुन: सपथ

सुर्खेत । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले पुन: सपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराए ।

बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका हुन् ।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ ।

पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा सपथ गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर