प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा

२०७८ वैशाख १५ गते १३:२२

फाइल तस्बिर ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
सीता प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट लामो सहयदेखि पीडित छन् । सोमबार साँझ ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको बताइएको छ ।
आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको जानकारी गराउँदै अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छोरी गंगाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर