फ्लोर क्रस गरेर शाही सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ पुन: आज – Nepal Press

फ्लोर क्रस गरेर शाही सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ पुन: आज

सुर्खेत । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ आज दिउँसो हुँदैछ ।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले दिउँसो एक बजे सपथ खाने कार्यक्रम तय भएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए ।

फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर