घाइतेको मृत्युपछि अस्पताल तोडफोड, चिकित्सकले लापरबाही गरेको आरोप – Nepal Press

घाइतेको मृत्युपछि अस्पताल तोडफोड, चिकित्सकले लापरबाही गरेको आरोप

जनकपुरधाम । जसपाका सांसद डा. सुरेन्द्र यादवले सञ्चालन गरेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा डाक्टरको लापरबाहीले दुर्घटनामा घाइते युवकको मृत्यु भएको भन्दै आपन्तले अस्पताल तोडफोड गरेका छन् ।

मोटरसाइकल दुर्घटनामा घाइते भइ अस्पतालमा भर्ना भएका मिथिला नगरपालिका ८ कुशुम विसौनाका २८ वर्षीय सुनिल शर्माको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् ।

चिकित्सकले घाइतेको अवस्था गम्भीर भएकाले उपचारका तत्कालै हेलिकप्टर बोलाएर काठमाडौं लैजान आफ्न्तलाई सुझाएका थिए । चिकित्सकको सुझावपछि घाइतेका काका जयप्रकाश ठाकुरले एक लाख ८० हजार रुपैयाँ भाडा दिनेगरी हेलिकप्टर अर्डर गरे । हेलिकप्टर जनकपुर पुग्न लागेपछि घाइतेको मृत्यु भएको भनियो । केही समयपछि चिकित्सकले विरामी ज्यूदै भएको भन्दै फेरि हेलिकप्टर बोलाउन आग्रह गरे । दोस्रोपटक बोलाएको हेलिकप्टर जनकपुर पुग्न ढिला भएपछि घाइतेको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

‘ज्यूँदै व्यक्तिलाई मरेको भनेर डाक्टरले नभनेको भए सायद समयमै हेलिकप्टर आउँथ्यो र काठमाडौं लगेपछि मेरो भतिजा बाँच्न सक्थे’, डाक्टरमाथि आक्रोश पोख्दै जयप्रकाश ठाकुरले भने, ‘डाक्टरमाथि कारबाही हुनुपर्छ ।’
डाक्टरलाई कारबाही भएपछि मात्रै भजितको शव बुझ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *