भाइरसविरुद्ध लड्न सार्क मुलुक एकताबद्ध हुन जरुरी : पाकिस्तानी प्रधानमन्त्री खान – Nepal Press

भाइरसविरुद्ध लड्न सार्क मुलुक एकताबद्ध हुन जरुरी : पाकिस्तानी प्रधानमन्त्री खान

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड-१९ का कारण भारतमा उत्पन्न भएको दुःखद परिस्थितीप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरससँग मिलेर लड्नुपर्ने समेत उल्लेख गरेका छन् ।

‘म भारतीय नागरिकप्रति कोरोनाभाइरससँगको लडाइमा सहानुभूति व्यक्त गर्न चाहन्छु । छिमेकी मुलुक भारत र विश्वभर भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्न चाहन्छु’ उनले ट्वीट गरेका छन् ।

विश्व चुनौतिको रुपमा रहेको भाइरससँग सबै मिलेर लड्नुपर्ने उनको भनाई छ । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले पनि भारतीय नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन् । मानवीय मूल्य राजनीतिक लेनदेनभन्दा माथि रहेको यथार्थ भाइरसले पुष्टि गरिदएको समेत उनले उल्लेख गरेका छन् ।

भाइरससँग लड्ने विषयमा पाकिस्तान दक्षिण एसियाली मुलुकसँग एकताबद्ध भएर अघि बढ्ने समेत उनले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर