काठमाडौंमा पहिलो पटक ‘नमस्कार ! ए हजुर तपाईंको मास्क खै?’ अभियान सुरुवात – Nepal Press

काठमाडौंमा पहिलो पटक ‘नमस्कार ! ए हजुर तपाईंको मास्क खै?’ अभियान सुरुवात

काठमाडौं । बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।

सरकारले यति आग्रह गर्दा पनि नागरिक हरु स्वास्थ्यमापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सामाजिक अभियन्ता सचिन पाण्डे र सञ्चारकर्मी अमित भट्टले संयुक्त  यस अभियानको सुरुवात गरेका हुन् ।

अभियान शनिबार नयाँ बसपार्कबाट सुरु गरी बिजी मल माछापोखरी लगायत भिडभाड हुने ठाउँमा करिब १० प्याकेज मास्क वितरण गरेका हुन् भने उनीहरूलाई कार्यक्रम अवधिभर महानगरीय प्रहरी प्रभाग गोंगबु  नयाँ बसपार्क र ट्राफिक प्रहरी बसपार्कले महत्त्वपूर्ण कार्यक्रमका लागि धन्यवाद दिएका छन्।

कार्यक्रम सञ्चालन गर्दै अभियन्ता पाण्डेले यस अभियान देशव्यापी रुपमा गर्न सबैलाई अनुरोध गरे ।

अभियान दिउँसो दुई बजेदेखि काठमाडौं छिर्ने मुख्य नाका नागढुंगामा सञ्चालन हुँदैछ भने कार्यक्रममा लाग्ने मास्क, सेनिटाइजर लगायत सामग्री अभियान्ता सचिन पाण्डेले व्यवस्थापन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *